निर्वाचन आयोगको आचारसंहिताः जसपा नेताको मिश्रित प्रतिक्रिया

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेदवार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधान तय गरेको बारे फरक-फरक धारणा व्यक्त गरेका छन् । पार्टीका नेता डा. सूर्यनारायण यादवले यो विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिए । उनल् आफ्नो व्यक्तिगत विचारमा आयोगको आचारसंहिता गलत भएको तर्क गरे…