नियमित महाधिवेशनबाटै नेतृत्व चयनमा जोड

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गर्दै नियमित महाधिवेशनबाटै नेतृत्व चयन हुनुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सिंहले विशेष महाधिवेशन नगर्न आफूहरूले यसअघि नै आग्रह गरेको उल्लेख गरे। नियमित महाधिवेशनको समय आइसकेकाले लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले त्यही प्रक्रियाबाट नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।…