काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार, उपचार तथा…