काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्धार कार्यका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् । शनिवार प्रधानमन्त्री निवासमा भएको भेटमा नेता आङदेम्बेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा बाढीपहिराका कारण सिर्जित अकल्पनीय अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका हुन् । प्रभावित क्षेत्रको स्थलगत…