धरौटी बुझाएर रिहा हुनासाथ पुनः पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई पुनः पक्राउ गरेको हो । आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो । आफूलाई पुन: पक्राउ गरेपछि प्रसाईंले…