कांग्रेसका सांसद रामहरि खतिवडा सुनुवाइ समितिमा

काठमाडौं । संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लगिँदैछ । त्यसको जानकारी आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउने भएका छन् । खतिवडालाई सभापति बनाउन संसदीय सुनुवाई समितिमा लगिएको हो । प्रतिनिधि सभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ…