सोबितालाई सुशिलाको चुनौती : संविधानको ज्ञान संसदमै जाँचौं, नापौं

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई संविधानबारे प्रत्यक्ष बहस गर्न चुनौती दिएकी छन् । शुक्रवारको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले, केही दिन अघि चितवनमा तीज विशेष कार्यक्रममा सांसद गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस्तो चुनौती दिएकी हुन् । गौतमले सो अवसरमा संविधानबारे ज्ञान नभएकाहरू विधायिका भनेर घमण्ड गर्ने गर्छन्…