दसैंपछि महाधिवेशनको मिति टुंगाे लाग्छ : गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दसैँपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको मिति टुङ्गो लगाउने बताएका छन् । महामन्त्री थापाले बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पार्टीको विधान अनुसार ०८३ मंसिरभित्रै १५ औँ महाधिवेशन हुने दाबी गरे । आफू अहिले चौधौँ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्ने भूमिकामा रहेको जिकिर गर्दै महामन्त्री…