काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा पक्राउ परेका हुन् । साइबर ब्युरोका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका…