कर्णाली सभाका तीन संसदीय समिति नेतृत्वविहीन

सुर्खेत । कर्णाली प्रदेश सभाका तीन वटा विषयगत समिति नेतृत्वविहीन भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समिति नेतृत्वविहीन छन् । अर्थ समिति गएको वैशाखदेखि, विकास समिति साउनदेखि र लेखा समिति गएको असोजदेखि सभापतिविहीन भएका हुन् । अहिलेसम्म यी समितिका सभापति नहुँदा चार वटा विधेयकमा छलफल हुनसकेको छैन…