जेठ १० को भेलामा अनिवार्य सहभागी हुन सुदूरपश्चिम काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले आगामी जेठ १० गते धनगढीमा आयोजना हुने प्रदेशस्तरीय भेलामा सबै जिल्ला कार्यसमितिलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ। प्रदेश सभापति वीरबहादुर बलायरले मंगलबार प्रदेशअन्तर्गतका ९ वटै जिल्लाका कार्यसमितिहरूलाई परिपत्र जारी गर्दै उक्त कार्यक्रमलाई “पार्टीको वृहत्तर एकता तथा पुनर्जागरण” सम्बन्धी भेला भएको उल्लेख गर्दै उपस्थितिलाई अनिवार्य बनाइएको जानकारी…