नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए । उनी हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन् । वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।…