काठमाडाैं । आज बडादसैँको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिनदेखि नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा सुरु हुन्छ। यस दिनको धार्मिक, सांस्कृतिक र पौराणिक महत्त्व धेरै ठुलो छ। पौराणिक कथा अनुसार, महिषासुर नामका एक शक्तिशाली राक्षसले स्वर्ग र पृथ्वीमा ठुलो आतंक मच्चाएका थिए। उनको अत्याचारबाट देवताहरू समेत त्रसित भएर भाग्नुपरेको थियो। राक्षसको अन्त्यका…