भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्षले छाडिन् एकीकृत समाजवादी

काठमाडौं । काभ्रेकाे भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् । उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै श्रेष्ठले भनेकी छन्, ‘नेकपा एकीकृत समाजवादी साँच्चिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर…