चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्ने भएको छ । अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान…