पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा…