काठमाडौं । प्रतिनिधि सभाबाट निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा हेरफेर भएको पाइएपछि सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने सहमति भएको थियो । तर यसम्बन्धी व्यवस्थासहितको विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा 'बाहेक' भन्ने शब्द…