कीर्तिपुरको उपनिर्वाचन जनमतसंग्रह नै हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन देशका निम्ति जनमतसंग्रह नै भएको बताएका छन् । बिहीबार नःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा उनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जनलाई मतदान गर्न आह्वान पनि गरे । कीर्तिपुरमा मात्र मेयर पदमा उपनिर्वाचन हुन लागेकाले यो जनमतसंग्रह नै भएको उनले टिप्पणी गरे । ‘देशभर…