विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन दिएका छन् । नेकपा एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई बुधबार सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौँ । विधान महाधिवेशनले विधि तय…