काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा आज मुद्दा दर्ता गरेको छ । परियार अहिले सूचना तथा प्रशारण विभागमा महानिर्देशकको जिम्मेवारीमा छन् । त्यसैगरी काठमाडौं महानगरपालिकाका निर्देशकद्वय रबीनमान श्रेष्ठ, बसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जर्नादन गिरीलाई अख्तियारले मुद्दा दर्ता गरेको हो ।…