काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइसराइ गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सबै भूभागमा विकास हुने गरी योजना…