काठमाडौँ । कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको कोइरालाको सचिवालयले जनाएको छ । महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्बिरसँगै उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र…