काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । मंगलबार साँझ चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो । चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको छ । उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार प्रारम्भिक परीक्षणमा डा. भट्टराईमा सामान्य प्रकारको चक्कर आउने समस्या…