काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउनुपर्ने प्रस्ताव राखेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आजको छलफलमा भाग लिँदै खतिवडाले यसो गरे सरकारको खर्च कटौती हुने धारणा राखे । सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था नरहेको उनले बताए ।…