काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदमा देखिएको असामान्य राजनीतिक घटनाक्रमबारे सरकारसँग औपचारिक स्पष्टता माग गरेको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेसका तर्फबाट सांसद वासना थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भूमिकामाथि प्रश्न उठाउँदै सरकारको जवाफ आवश्यक रहेको बताइन्। उनले राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्रीले संसद् बैठक छाडेर बाहिरिएको…