काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। शनिबार मनमोहन स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रियामार्फत नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका हुन्। दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक…