काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए…