कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसक्योः महामन्त्री गगन

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको जनाउ दिएका छन् । विराटनगर विमानस्थलमा आज शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने बताए । सञ्चारकर्मीको जिज्ञासामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहेको र…