काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् । आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले अहिले सरकारमा जाने अवस्थामा नरहेकाेले कुनै मन्त्रालय नचाहिएकाे बताए । तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यस्ता फोहोरी…