नेपाल आइपुगे बेलायती राजकुमार एडवार्ड

काठमाडौं । बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया पनि नेपाल आइसकेकी छन् । राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरे । राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ । उनीहरू दुवैजना दिउँसो…