कश्मीर आक्रमणकारीहरूको तस्बिर सार्वजनिक

नयाँ दिल्ली । जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा संलग्नहरूको तस्बिर सार्वजनिक गरिएको छ । अनन्तनाग प्रहरीले बिहीबार तस्बिर जारी गरेको हो । प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्बिर जारी गर्दै तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ । तीनै जना चरमपन्थी सङ्गठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको बताएको छ । प्रहरीले तीन जनालाई…