बङ्गलादेशमा नयाँ युगको सुरुवात : तारिक रहमानसहितको शपथ

ढाका । बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले आज मङ्गलबार संसदको शपथ ग्रहण गरेका छन् । सन् २०२४ को घातक जनविद्रोह र त्यसपछिको १८ महिना लामो अन्तरिम सरकारको शासनपछि यो देशमा पहिलो पटक निर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेका हुन् । मङ्गलबार बिहान १०ः४३ बजे ढाकास्थित संसद भवन (जातीय संसद) को शपथ…