हमास समूहले आफ्ना नियन्त्रणमा रहेका सबै इजरायली बन्धकलाई मुक्त गर्न वार्ताका लागि सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राेयटर्सका अनुसार, हमासले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा शान्ति योजनाअन्तर्गत सबै बन्धकको रिहाइबारे छलफल गर्न तयार भएको स्पष्ट पारेको छ। समाचारमा भनिएको छ-हमास वार्तामार्फत विवरण तय गर्न चाहन्छ । एसाेसिएट प्रेस (एपी) ले पनि…