इजरायललाई वेस्ट बैंक कब्जा गर्न नदिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जा गर्न नदिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी राज्यको आकांक्षा समाप्त पार्ने र वेस्ट बैंकमा इजरायली सार्वभौमसत्ता विस्तार गर्ने इजरायलका केही अति दक्षिणपन्थी नेताको माग अस्वीकार गरेका हुन् । ओभल अफिसमा पत्रकारसँग ट्रम्पले भने, “म इजरायललाई वेस्ट बैंक कब्जा गर्न दिने छैन । अहँ, म…