भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपालमा

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी बिहीबार नेपाल आएका छन् । द्विवेदी नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणको सिलसिलामा नेपाल आएका हुन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी सुनिता द्विवेदी पनि सहभागी छन् । भ्रमण दललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज…