घुस रकमसहित डोटीबाट सहायक वन अधिकृत पक्राउ

डोटी ।  नगद पाँच हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएको छ । जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका हुन् । स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन्…