काठमाडौं । ललिता निवास प्रकरणको सुनवाई नसकिए पछि बन्दी प्रत्यक्षीकरण सबन्धी मुद्धाको पेशी आज राखिएको छ । ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आजको पेशीमा राखिएको हो । गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि…