सप्तरीमा घाँटी काटेर युवकको हत्या

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४, मधवापुरमा एक युवकको घाँटी काटेर हत्या भएको छ । मधवापुरस्थित धान खेतमा करिब २० वर्षीय युवकको धारिलो हतियारले घाँटी छिनाएको अवस्थामा सोमबार शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । हत्या भएका युवकको पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय…