काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले आधा घण्टाका लागि स्थगित गरिएको छ । अर्थमन्त्री डा. प्रकाशरण महत राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभा बैठकमा सोमबारदेखि २०८०/०८१ का लागि विनियोजन विधेयकको सिद्धान्त प्राथमिकताका विषयमाथि छलफल भइरहेको छ ।