हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबले पाँचौं स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा उपमहानगरपालिका–४ को पिप्ले रङ्गशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउँदै मनाङ विजेता बनेको हो । मनाङलाई उपाधि जिताउन रोशन राना मगरले गोल गरे । निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित…