काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले सत्ता–बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो । सरकारी वकिलको कार्यालय काठमाडौंले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा रविको बारेमा विस्तृत विवरण मगाएका हाे…