अयोध्या पुग्यो कालीगण्डकीको देवशिला

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गएराति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्‍याइएको छ। अयोध्यामा निर्माणाधीन मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो। अयोध्या…