काठमाडौं । आज (शनिबार) बिहानबाट भएको अविरल वर्षासँगै काठमाडौं विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन्। विशेषगरी बागमती खोला किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन् । डुबानका कारण जोखिम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी ती बस्तीहरू खाली गराउने कार्य सुरु गरिएको छ। सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका घर–घरमा…