काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्ने बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको आज उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई कानुनबमोजिम सञ्चालन गर्नुपर्ने बताए । ‘म कानुनमन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुनः सञ्चालनमा आयो, एउटा चिया पसल दर्ता हुनुपर्ने,…