आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा : मन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकता राखेको बताएकी छन् । प्रेस सेन्टर मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दायित्व बोकेको सरकारले सुनकाण्ड, ललिता निवास प्रकरणजस्ता सुशासनका कामलाई व्यवस्थित ढङ्गले छानबिन गरेको बताइन् । मन्त्री शर्माले अहिलेको व्यवस्थामा कोही पनि कानुनभन्दा…