अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्याँसबाट मृत्युदण्ड दिइँदै

न्यूयोर्क । अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्याँसको प्रयोग गरेर दोषीलाई मृत्युदण्ड दिइने भएको छ । ५८ वर्षीय केनेथ स्मिथ सन् १९८८ मा हत्या अभियोगमा दोषी ठहर भएका थिए । उनलाई अलाबामामा जनवरी २५ मा नाइट्रोजन हाइपोक्सियाले मृत्युदण्ड दिइने भएको छ । यस अन्तर्गत, व्यक्तिलाई नाइट्रोजनको सिलिन्डरसँग जोडिएको मास्क लगाइन्छ, जसले बिस्तारै अक्सिजनबाट वञ्चित गर्दछ ।…