बाल्टिमोर,अमेरिका। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारी यतिबेला अमेरिका भ्रमणमा हुनुहुन्छ। वासिंगटन डिसीमा जारी बर्न सर्भाईभर्सहरुको एक सम्मेलनलाई सम्बोधन गर्न आउनु भएका नेता भण्डारीले बुधवार साँझ बाल्टिमोरमा नेपाली कांग्रेसका शुभेच्छुकहरुसँग भेट गर्नु भएको छ। कांग्रेसको अमेरिकास्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति,अमेरिका मेरिल्याण्ड च्याप्टरले नेता भण्डारीको सम्मान र स्वागतमा आयोजना गरेको…