बाइडेनले एक ट्रिलियन अमेरिकी डलरको विकास निर्माण कानुनमा हस्ताक्षर गरे

अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विद्येयकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ । यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौं व्यक्तिसम्म ब्रोडब्याण्ड इन्टरनेट…