न्यूयोक । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक-नागरिकबीचको सम्बन्ध महत्त्वपूर्ण भएको बताएका छन् । नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री व्लिङ्केनले शुभकामना दिर्दै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एक अर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताए । विदेशमन्त्री व्लिङ्केनले सन्देशमा भनेका छन्, ‘अमेरिकी जनताको तर्फबाट म नेपाली…