धरान । भारतको यूकेएफसीलाई हराउँदै न्युरोड टिम (एनआरटी) क्लब बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । धरान रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा एनआरटीले यूकेएफसीलाई ३–१ गोलले हरायो । एनआरटीका प्रदीप बुढाथोकीले २ र शिशिर लेखीले १ गोल गरे । यूकेएफसीका हेमराज भुजेलले गोल गरे । अब एनआरटीले उपाधिका लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । हिजो…